देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराईको भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
विभागले राति मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्ने बताएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८