• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026

पृथ्वी राजमार्गमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने

  • खबरदाता

पृथ्वी राजमार्गमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने

पृथ्वी राजमार्गको मझिमटार खण्डमा आज पनि सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नति कार्यका लागि सवारी आवागमन बन्द गर्न लागिएको जनाएको छ ।

प्रशासनका अनुसार, मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म सवारी आवागमन बन्द हुनेछ ।

यसअघि सोही कार्यका लागि सोमबार तीन घण्टा सवारी आवागमन बन्द गरिएको थियो । सोमबार काम नसकिएकाले आज पुनः सवारी आवागमन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : कात्तिक १७, २०८३, मंगलवार ०६:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८