• कात्तिक १६, २०८३, सोमवार Monday, 02 November, 2026

जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

  • खबरदाता

जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइका क्रममा उनको जापानमा रहेको सम्पत्ति र परिवारका सदस्यको पीआरलाई लिएर प्रश्न उठेपछि सोमबार राजदूतबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।

असोज २८ मा प्रस्तावित राजदूत थापाको समितिमा सुनुवाइ भएको थियो । सुनुवाइका क्रममा उनको जापान बसाइँ, त्यहाँ रहेको सम्पत्ति र परिवारका सदस्यको पीआरका सम्बन्धमा प्रश्न उठेको थियो ।

त्यसपछि समितिले परराष्ट्र मन्त्रालयमार्फत थापाका बारेमा जापान सरकारसँग जानकारी मागेको थियो । जापानले जानकारी नपठाएपछि अहिले प्रस्तावित राजदूत थापाले आफ्नो नाम फिर्ता लिएका हुन् ।

नाम फिर्ताका लागि थापाले समितिलाई पत्र पठाएका थिए । समिति सभापति बोधनारायण श्रेष्ठले उक्त पत्र पढेर सुनाए ।

  • प्रकाशित मिति : कात्तिक १६, २०८३, सोमवार १६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८