• कात्तिक २७, २०८३, शुक्रवार Friday, 13 November, 2026

मकवानपुरमा गाडी दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते

  • खबरदाता

मकवानपुरमा गाडी दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

आज बिहान ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको  इभी  गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

  • प्रकाशित मिति : कात्तिक २६, २०८३, बिहीवार ०९:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८