२०८३ साल साउन २१ गते बिहीबार सन् २०२६ अगष्ट ६ तारिख। साउन कृष्ण पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको प्रगतिमा मन हर्षित बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
वृष : दिन सामान्य छ। हौसिएर लगानी गर्दा व्यापारमा जोखिम बढ्नेछ। राजनीतिमा विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने छ। शिक्षाको क्षेत्रमा नतिजा प्राप्त नहुँदा मन निराश बन्नेछ। विदेशमा आकर्षणा बढ्नेछ।
मिथुन : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्दा मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनाले मनमा उत्साह बढ्नेछ।
कर्कट : धेरै राम्रो दिन छ। धन लाभ हुनेछ। रमाइलो यात्रा हुनेछ । मानसम्मान प्राप्त हुने दिन छ । धार्मिक कार्यमा सहभागी हुँदा नयाँ सिर्जना हुनेछ। शिक्षामा लाभ हुनेछ । काम गर्दा मन शान्त बन्नेछ ।
सिंह : पठनपाठनमा मन जानेछ । शुभ ग्रहको बहुमत भएकाले शिक्षा र स्वास्थ्यमा लगानीबाट फाइदा हुनेछ। गोपनीयता कायम गर्नु राम्रो होला। सामाजिक क्षेत्रमा काम गर्दा मन शान्त बन्नेछ।
कन्या : दिन सामान्य छ। सानो कुराले मनमा उथलपुथल ल्याउने छ। आर्थिक क्षेत्रमा व्यायभार थपिए पनि स्वास्थ्यमा सुधार हुनेछ।। अभिभावकसँगको अन्तरक्रियाले फाइदा हुनेछ।
तुला : दिन राम्रो छ। दाजुभाइसको सहकार्य भए फाइदा हुनेछ। विपक्षीको साथ र सहयोग मिल्नेछ। राजनीतिमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।
वृश्चिक : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा घाटा हुने भएकाले सचेत बन्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
धनु : दिन राम्रो छ। मन शान्त बन्नेछ। विपक्षी साथीको साथ मिल्नेछ। राजनीतिमा फाइदा हुनेछ। धार्मिक क्षेत्रमा सहकार्य हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।
मकर स् दिन सामान्य छ। लगानीबाट सामान्य नाफा हुनेछ। व्यापारमा लगानी नगर्नु उचित हुन्छ। स्वास्थ्य र शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। परिवारको व्यवहारले मन आशान्त बन्ने जोखिम छ।
कुम्भ : दिन सामान्य छ। टाउको दुख्ने जोखिम बढ्नसक्छ। हरेक काममा बाधा र अवरोध हुनेछ। व्यापारमा गरेको लगानीबाट भने नाफा हुनेछ। परिवारमा एकपटक सचेर मात्र बोल्नु उचित हुन्छ। साथीबाट प्रशंसा हुनेछ।
मीन : दिन राम्रो छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। विपक्षी सहकार्य गरेर अगाडि बढ्न सहमत हुनेछन्। धार्मिक र सामाजिक क्षेत्रमा तपाईंको नाम रहनेछ। परिवारको साथले उत्साह बढ्नेछ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८