• साउन ३०, २०८३, शनिवार Saturday, 15 August, 2026

काठमाडौंका पाँच स्थानबाट हुनेछ आज ग्यास बिक्री, नागरिकता अनिवार्य

  • खबरदाता

काठमाडौंका पाँच स्थानबाट हुनेछ आज ग्यास बिक्री, नागरिकता अनिवार्य

नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको छ ।

अत्यावश्यक परेका उपभोक्ताहरूले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास खरिद गर्न सक्नेछन् । ग्यास खरिदका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्नेछ ।

ग्यास बिक्री हुने प्रमुख स्थान र ब्रान्ड
निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास उपलब्ध हुनेछ ।

यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी हुनेछ ।

राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास उपलब्ध हुनेछ ।

राधास्वामी, बसुन्धरा परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास उपलब्ध हुनेछ ।

पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य ग्यास उपलब्ध हुनेछ ।

निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत पनि नियमित रूपमा बिक्री गरिरहेको स्पष्ट पारेको छ ।

उपभोक्ताहरूलाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ ।

 

  • प्रकाशित मिति : साउन ३०, २०८३, शनिवार ०६:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८