• कात्तिक २६, २०८३, बिहीवार Thursday, 12 November, 2026

घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन

  • खबरदाता

घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन

चितवन । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मंगलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मंगलबार दिउँसो १ः४० बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार चाडपर्वका कारण सवारीको चापले गर्दा दुईतर्फी यातायात सञ्चालनमा ल्याउन कठिन भएको हो ।

उनले भने, “पहिरो ठूलो हुँदा र मजदुर बिदामा जाँदा सडक दुईतर्फी रुपमा सञ्चालनमा ल्याउन कठिन भएको हो ।” पहिरो पन्छाउने उकरणहरु तयारी अवस्थामा राखिएकाले सामान्य पहिरो खसेमा तत्काल सफा गर्ने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ ।

मौसमको अनुकूलता, सवारी चाप र अन्य अवस्था हेरेर मात्र सडक दुईतर्फी सञ्चालनमा ल्याइनेछ ।

यो सडक हुँदै काठमाडौं भित्रने र बाहिरिने गाडी तथा यात्रुलाई विभिन्न समयमा खस्ने पहिरोले समस्या पार्ने गर्छ । रासस

  • प्रकाशित मिति : कात्तिक २६, २०८३, बिहीवार ०९:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८