पुस – १७, २०८०
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका लागि आवेदन फारम भर्ने म्याद दुई दिन थप गरिएको छ ।
वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको हो ।
सिपबिल्डिङको परीक्षामा सहभागी भएकाहरूका लागि उत्पादनशील क्षेत्रको आवेदन खुलाइएको छ । यसअघि आवेदन भर्न पुस १६ गतेदेखि १८ गतेसम्मको समय दिइएको थियो ।
तर, गत शुक्रबार बालकुमारीमा भएको घटनामा दुईजनाको मृत्यु भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिपबिल्डिङमा फारम भरेका परीक्षार्थी समेत सहभागी हुन सक्ने देखिएकाले समय थप्ने निर्णय भएको शाखाले जनाएको छ ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८