• वैशाख ११, २०८३, शुक्रवार Friday, 24 April, 2026

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

  • खबरदाता

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको बैठक आइतबार फेरि बस्नेगरी सकिएको छ । खड्काले शनिबार गोल्फुटारस्थित आफ्नै निवासमा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका थिए ।

बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा। शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा। प्रकाशमान सिंहलगायतका नेताहरु सहभागी थिए । बैठकमा डा. शेखर कोइराला र उनी खेमाका नेताहरु भने सहभागी भएनन् ।

भोलि धुम्बाराहीको एउटा होटेलमा बस्नेगरी बैठक सकिएको हो । आइतबारको बैठकमा पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग छलफल हुनेछ ।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा निर्णय सुनाउँदै गगन थापाको नेतृत्वलाई वैधानिकता दिएपछि खड्काले बैठक डाकेका हुन् ।

  • प्रकाशित मिति : वैशाख ५, २०८३, शनिवार १९:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८