• फागुन ५, २०८२, मंगलवार Tuesday, 17 February, 2026

एमालेले खुल्ला राख्यो झापामा राप्रपासँग चुनावी तालमेलको बाटो!

  • खबरदाता

एमालेले खुल्ला राख्यो झापामा राप्रपासँग चुनावी तालमेलको बाटो!

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दुई निर्वाचन क्षेत्र खाली राखेका छन् ।

रुकुम पूर्व र झापा क्षेत्र नम्बर ३ लाई ओलीले राजनीतिक बार्गेनिङको औजारका रूपमा सुरक्षित राखेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गतेको चुनाव पूर्वी रुकुमबाट लड्ने बताइसकेका छन् ।

उनले ३ माघमा रुकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले रूकुम पूर्वबाट चुनाव लड्ने बताएका थिए ।

शनिबार दिनभर बसेको एमाले सचिवालय बैठकले ओली झापा–५ बाटै उम्मेदवार बन्ने निर्णय गर्‍यो। यो ओलीको परम्परागत क्षेत्र हो ।

२०४८ सालदेखि उनले यही क्षेत्रबाट चुनाव जित्दै आएका छन् । २०६४ सालमा मात्रै उनी पराजित भएका थिए । क्षेत्र फेर्ने चर्चा भए पनि अन्ततः ओली पुरानै क्षेत्रमा अडिग भएका छन् ।

तर झापा–३ र रुकुम पूर्व भने सूचीमा खाली राखियो । यो संयोग होइन, उनको परम्परागत रणनीति भनिएको छ ।

झापा–३ मा एमाले र राप्रपा अध्यक्ष लिङ्देनबीच पुरानै समीकरण छ । एमालेले ३ मा सघाउँदा ५ मा राप्रपाले ओलीलाई जिताउन साथ दिने गरेको छ ।

झापा क्षेत्र नम्बर ३ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको परम्परागत क्षेत्र हो। २०७४ र २०७९ को निर्वाचनमा एमालेले प्रत्यक्ष उम्मेदवार नउठाएर लिङ्देनलाई सघारेको थियो । दुवै चुनाव लिङ्देनले जिते ।

यसपटक पनि ओलीले झापा–३ मा उम्मेदवार नतोकेर लिङ्देनसँग पुनः तालमेलको ढोका खुला राखेका छन् ।

  • प्रकाशित मिति : माघ ४, २०८२, आइतवार ०६:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८