• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

  • खबरदाता

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

मंसिर २१, २०८०

 

ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आगामी पुस ३ गतेदेखि सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु-१७ छात्र तथा छात्रा, ४५ वर्ष माथिको भेट्रान्स युगल (खुला) लगायतको विधामा प्रतिस्पर्धा हुने आयोजक ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष गोपाल महर्जनले जानकारी दिएका छन् ।

करिब रु ३० लाख खर्च लाग्ने उक्त प्रतियोगितामा पुरुष एकल, महिला एकल र पुरुष युगलतर्फका स्वर्ण जित्ने खेलाडीहरूले रु जनही रु ४० हजारका साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

यस्तै रजतपदक हात पार्ने खेलाडीले रु २० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । कास्य पदक विजेताले रु १० हजारका साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यु-१७ छात्रछात्रा तथा भेट्रान्स युगलतर्फका प्रथम स्थान हासिल गर्ने खेलाडीले रु २० हजार, दोस्रोले रु १० हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले रु पाँच हजारका साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको उक्त प्रतियोगितालाई भब्य र सभ्यरुपमा सञ्चालन गर्नका लागि नेपाल ब्याडमिन्टन सङ्घका पूर्वउपाध्यक्ष ध्रुव महर्जनको संयोजकत्वमा प्रतियोगिता मूल समारोह समिति गठन गरिएको छ ।

ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको आफ्नै कोर्टमा हुने उक्त प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।

  • प्रकाशित मिति : मंसिर २१, २०८०, बिहीवार ०६:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८