• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

 युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

  • खबरदाता

 युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

कात्तिक १७, २०८०

 

आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ।

मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन जोड्यो।

युएईका लागि वृत्य अरिवन्दले अर्धशतक प्रहार गरे। अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लबाट क्याचआउट हुनुअघि उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए।

आक्रामक सुरुवात गरेको युएईविरुद्ध नेपालले चौथो औभरमा दुई विकेट लिएको थियो। चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनिङ ब्याटर खालिद शाहलाई ३ रनमा रनआउट गरेका छन्। सोमपालले सोही ओभरको चौथो बलमा मोहमद वासीमलाई २६ रनमा करण केसीबाट आउट गरे। वासीमले १६ बलमा ३ चौका र २ छक्का हिर्काए।

त्यसपछि नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले दशौं ओभरको आसिफ खानलाई १३ रनमा एलबिडब्लूको धरापमा परे। नेपालका लागि कुशल मल्लले १४औं ओभरमा चौथो विकेट लिए। उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे।

नेपालका लागि कप्तान रोहित पौडेलले पाँचौ विकेट लिए। उनले युएईका अली नासीरलाई ४ रनमा कुशल भुर्तेलबाट क्याच गराए। त्यतिबेला युएईले १५।५ ओभरमा ५ विकेटको क्षतिमा १०० रन जोडेको थियो।

सन्दीपले १८औं ओभरमा मेडन विकेट लिएका थिए। उनले सो ओभरमा बासील हमीदलाई १ रनमा आउट गरेपछि पाँचब लमा कुनै रन दिएनन्।

बलिङमा नेपालका कुशल मल्लले ३ विकेट लिए। उनले अन्तिम ओभरमा २ विकेट लिएका थिए। कुशलले ३ ओभरमा १० रन खर्चिए।

सन्दीप लामिछानेले २ विकेट लिए। सन्दीपले ४ ओभरमा १ मेडन राख्दा १४ रन मात्र खर्चिए। सन्दीपले १४ बल डट फ्याँकेका थिए।

यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ। यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। किनकी नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ। नेपालले पहिलो पटक २०१४ को विश्वकप खेलेको थियो।

  • प्रकाशित मिति : कात्तिक १७, २०८०, शुक्रवार १२:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८