• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

आइसिसी टि–२० विश्वकप एसिया छनोट : नेपाल ओमानविरुद्ध फिल्डिङ गर्दै

  • खबरदाता

आइसिसी टि–२० विश्वकप एसिया छनोट : नेपाल ओमानविरुद्ध फिल्डिङ गर्दै

कात्तिक -१६, २०८०

काठमाडौँ । टी—२० विश्वकपको छनोट खेलमा बिहीबार ओमानविरुद्ध नेपालले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको छ । घरेलु टोलीको उक्त निर्णयपछि ओमानले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्नेछ । खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु हुनेछ ।

समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने पुगिसकेका छन् । बिहीबार हुने खेलले समूह बितेको टुंगो लगाउने छ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् ।

टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दै छन् । नेपालले यसअघि एक पटक टी—२० विश्वकप खेलेको छ । जारी छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

ओमानले भने आफ्नो पहिलो खेलमा मलेसियालाई ३२ रनले र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । चार अंकसहित तालिकामा नेपाल पहिलो र समान अंक जोडेको ओमान दोस्रो स्थानमा छन् । नेट रन रेटमा नेपालभन्दा ओमान अगाडि छ ।

दुई—दुई हार भोगिसकेका मलेसिया र सिंगापुर भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । समूह ‘ए’ को विजेताले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह ‘बी’ को उपविजेतासँग भिडन्त गर्नेछ । समूह ‘ए’ को उपविजेताले भने सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

हाल समूह ‘बी’ मा चार अंकसहित संयुक्त अरब इमिरेट्स ९यूएई० पहिलो र दुई अंकसहित बहराइन दोस्रो स्थानमा छन् । दुई अंक जोडेको हङ्कङ तेस्रो र खाता खोल्न नसकेको कुवेत चौथो स्थानमा आसिन छन् ।

बिहीबार नै मुलपानी क्रिकेट मैदानमा हङ्कङले यूएई र बहराइनले कुवेतको सामना गर्दै छन् । बिहीबार दिउँसो समूह ‘ए’ को दोस्रो खेल कीर्तिपुर मैदानमा मलेसिया र सिंगापुरबिच खेलिने छ ।

  • प्रकाशित मिति : कात्तिक १६, २०८०, बिहीवार ०९:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८