• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024

युएईविरुद्धको खेलमा नेपाल पाँच विकेटले विजयी

  • खबरदाता

युएईविरुद्धको खेलमा नेपाल पाँच विकेटले विजयी

कात्तिक ६, २०८०

 

चितवन । त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नै फाइनल प्रवेश गरिसकेको नेपाल राउन्ड रोविनमा अपराजित रह्यो ।

मूलपानीस्थित क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । सुरुवाती ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन जोडेको थियो ।

लगातार ३ चौका प्रहार गर्दै राम्रो सुरुवात दिलाएका खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमा सोमपाल कामीले बोल्ड गरे । उनले १२ रन जोडेका थिए । तेस्रो ओभरको चौथो बलमा कप्तान मुहमद वासिम ८ रन जोडेर बाहिरिए । उनलाई पनि सोमपालले नै आउट गरे । पहिलो पावर प्लेमा युएईले ५५ रन जोडेर २ विकेट गुमाएको थियो ।

तेस्रो विकेटको रुपमा आसिफ खानलाई व्यक्तिगत १८ रनमा गुल्सन झाले क्याच आउट गराए । अलिशान शराफु ९ रनमा आउट भए । भृत्य अरविन्द ४५ रनमा अभिनास बोहोराको बलमा बोल्ड भए । बासिल हमिदले पनि ४५ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल र अभिनासले २(२ विकेट लिए । करण केसी र गुलसनको नाममा १(१ विकेट रह्यो ।

१ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालको सुरुवात कमजोर रह्यो । दोस्रो इनिङको चौथो बलमा कुशल भुर्तेल मुहमद जवादुल्लाको बलमा बोल्ड भए । दोस्रो ओभरको पाँचौ बलमा सोमपाललाई अकिफ राजाले मैदान बाहिर पठाए ।

तेस्रो ओभरमा कुशल मल्ल रन आउट भएपछि नेपाल ११ रनमा ३ विकेट गुमाएको खराब अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि आसिफ शेख र कप्तान रोहितकुमार पौडेलले ९९ रनको साझेदारी गर्दै नेपाललाई पुनरागमन गराए । आसिफ शेख ६२ र रोहित ४७ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरीले १५ बलमा एक छक्का र ६ चौकासहित ४० रनमा अविजित रहँदै नेपालको जित पक्का गरे ।

यूएईका मोहम्मद जवादुल्लाहले २, अकिफ राजा र जहूर खानले एक(एक विकेट लिए ।

नेपाल यो खेलअघि नै फाइनलमा प्रवेश गरिसकेको थियो । फाइनल पुग्ने अर्को टिमको टुंगो बुधबार हुने हङकङ र यूएईबीचको खेल पछि लाग्ने छ ।

  • प्रकाशित मिति : कात्तिक ६, २०८०, सोमवार १६:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८