• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

  • खबरदाता

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

असोज ६ ,२०८०

 

काठमाडौँ । नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्ष पदमा भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । क्यानको अध्यक्षमा चन्द पुनः दोहोरिएका हुन् ।

यसैगरी कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । सो पदमा उनको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।

नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा सुरु भएको साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । सचिव लगायत अरु पदका लागि निर्वाचन जारी छ ।

  • प्रकाशित मिति : असोज ६, २०८०, शनिवार ११:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८