सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिका खेलेको भन्दै सरकारले उनको राहदानी रद्द प्रक्रिया अघि बढाएको हो । दुईजनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनको छानबिन अघि...
जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश स्थगन गरेको छ । काठमाडौँ प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौँको तीनकुने र त्यस आसपासको क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन भएको जानकारी दिएको हो । शुक्रबार ४ः२५ देखि राति...
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको कर्फ्यु आदेश अहिले बिहान ७ बजे सकिँदै छ । काठमाडौं प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौंको तीनकुने र त्यस आसपासको क्षेत्रमा शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । शुक्रबार...
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनका क्रममा एकजनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार तीनकुने क्षेत्रमा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।
तीनकुने क्षेत्र अशान्त भएपछि प्रशासनले निषेध आदेश (कर्फ्यु) लगाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले शान्तिनगर गेटदेखि मनोहरा पुलसम्म कर्फ्यु लगाइएको जानकारी दिए। उनले भने, ‘अर्को सूचना जारी नभएसम्म सो क्षेत्रमा कर्फ्यु आदेश गरिएको छ।’...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी गरेको छ । राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाउने भएको हो ।
राजावादीहरूको प्रदर्शन झन् झन् उग्र बन्दै गएको छ । तीनकुनेस्थित एक घरमा आगो लगाएका राजावादीहरूले शुक्रबार दुईवटा सञ्चारगृहमा पनि ढुंगामुढा गरेका छन् । कान्तिपुर र अन्नपूर्ण पोस्ट्को कार्यालयमा आक्रमणमा गरेका उनीहरूले बागमती तरेर एकीकृत समाजवादीको कार्यालयमा पनि धावा बोलेका छन्...
राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएको छ । अराजक समूहले सुरक्षाकर्मीको राइलफल समेत खोसेका छन् । सशस्त्र प्रहरी बलका महिला जवानमाथि राजावादीले आक्रमण समेत गरेका छन् ।
चितवन – नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र चितवनको डिजिट डिस्प्ले ह्याक गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नारा लेखिएको छ। उक्त डिजिटल डिस्प्ले ह्यक गरेर ‘केपी चो‘देश छोड लेखिएको हो। उक्त आपत्तिजनक नारा डिजिटल बोर्डमा लेखिएपछि आक्रोशित एमाले कार्यकर्ताहरूले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८