• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

शान्तिनगर गेटदेखि मनोहरा पुलसम्म कर्फ्यु

  • खबरदाता

शान्तिनगर गेटदेखि मनोहरा पुलसम्म कर्फ्यु

तीनकुने क्षेत्र अशान्त भएपछि प्रशासनले निषेध आदेश (कर्फ्यु) लगाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले शान्तिनगर गेटदेखि मनोहरा पुलसम्म कर्फ्यु लगाइएको जानकारी दिए। उनले  भने, ‘अर्को सूचना जारी नभएसम्म सो क्षेत्रमा कर्फ्यु आदेश गरिएको छ।’

भण्डारीका अनुसार निजी घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा ढुंगामुढा तथा आगजनी बढ्दै गएपछि कर्फ्यु लगाइएको हो।

  • प्रकाशित मिति : चैत १५, २०८१, शुक्रवार १६:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८