काठमाडौँ । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टीकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन् । आयोगले कूल ३४ राजनीतिक दल र सम्बद्ध उम्मेदवारलाई स्पष्टीकरण...
निर्वाचन आयोगले उमेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन प्रचारप्रसारका लागि सहयोग संकलन गर्न बाधा नपर्ने बताएका हुन् । प्रवक्ता भट्टराईका अनुसार...
निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न...
निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार-प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ। आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत...
नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनाको रिटमा सर्वोच्च अदालत जिम्मेवारीबाट पन्छिन नपाउने बताएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा बस्नेतले संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले आफ्नो फैसला तत्काल दिनुपर्ने जिकिर गरेका हुन् । अदालत डराएर न्यायिक प्रक्रियामा...
नेकपा (एमाले)का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकार निर्वाचन सार्ने षडयन्त्रमा रहेको आरोप लगाएका छन् । एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यलयमा च्यासलमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले यस्तो आरोप लगाएका हुन् । “निर्वाचन सार्ने...
बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै गाउँ तथा सहरमा विस्तारै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारले एजेण्डा, प्रतिबद्धता र सङ्कल्प पत्रहरु लिएर दल तथा उम्मेदवारहरु मतदाताको घरदैलो धाइरहेका छन् । आफ्ना एजेण्डासहित मतदाताको घरदैलो गर्ने...
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीको नामावली अनुसार एक हजार ७७२ जना महिला छन् । पुरुष एक...
नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति केन्द्रीय प्रतिनिधि खटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रतिनिधि खटाएको हो । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, पाँचरसात दिनभित्र वास्तविक अवस्थाबारे केन्द्रमा रिपोर्टिङ गर्न केन्द्रीय टोली खटाइएको हो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८