चैत २३, २०७८ उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल (जीवनजल) उत्पादन लगभग बन्दको अवस्थामा छ। सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन गर्न बन्द गरेका हुन् । नेपालमा आठवटा उद्योगले जीवनजल उत्पादन गर्दै...
चैत २२,२०७८ चितवन । चितवनको व्यस्त बजार नारायणगढको शहिदचोकमा मोडुलाज फर्निचर सञ्चालनमा आएको छ। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले मंगलबार उक्त मोडुलाज सोरुमको उद्घाटन गरे। समाजले आधुनिकशैलीका फर्निचर माग गरिसक्दा पनि त्यसको आवश्यकता पूरा नभएकोले आफूहरुले एउटा...
चैत २२,२०७८ चितवन । चितवनमा टाइफाइड बिरुद्धको खोप अभियान संचालन गरिने भएको छ।चितवन लगायत देशभर चैत २५ देखि वैशाख ४ गतेसम्म यो अभियान चलाइने जन स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। टाइफाइडरोगविरुद्ध यो खोप १५ महिनादेखि १५ बर्ष उमेर समूहलाई...
चैत २१,२०७८ चितवन - बालिकालाई जर्बजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत चितवनले ६९ वर्षीय पुरुषलाई १३ वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई पीडकबाट रु २ लाख क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ...
चैत १६,२०७८ दमौली अस्पतालमा कार्यरत चिकित्सकले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म तलब भत्ता पाउन नसकेका हुन् । तलबभत्ता नपाएको विषयमा चिकित्सकले यस अगाडि पनि पटकपटक अस्पताल व्यवस्थापन...
चैत १६,२०७८ चितवन - चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पत्रकार महासंघको ६७ औँ स्थापना दिवस र भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक...
चैत १६,२०७८ कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् । हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन् ।...
चैत १४,२०७८ चितवन । जिल्लाका १६६ जना पत्रकारको रगत नमूना संकलन गरिएको छ । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा महासंघको कार्यालय भरतपुरमा आज रगतको नमूना संकलन गरिएको हो । भरतपुर अस्पतालको प्रयोगशाला...
चैत १३, २०७८ कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले खोप लगाउन चाहनेको सङ्ख्या निकै कम हुन थालेको छ। अब सङ्क्रमणले दुःख दिन्न भन्ने सोचले खोप लगाउन मानिस अनिच्छुक देखिएका छन् । सरकारले चैतभरिमा पूर्ण खोप लगाउने घोषणा गरेको छ । निर्वाचन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८