चैत २२,२०७८
चितवन । चितवनको व्यस्त बजार नारायणगढको शहिदचोकमा मोडुलाज फर्निचर सञ्चालनमा आएको छ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले मंगलबार उक्त मोडुलाज सोरुमको उद्घाटन गरे।
समाजले आधुनिकशैलीका फर्निचर माग गरिसक्दा पनि त्यसको आवश्यकता पूरा नभएकोले आफूहरुले एउटा घरका लागि आवश्यक सवै आधुनिक फर्निचर उपलब्ध गराउनेगरी संचालनमा ल्याएको संचालक बिनय श्रेष्ठले जानकारी दिए ।
मूल्यमा उपभोक्ता नठगिउन भनेर फर्निचरमै मूल्य टाँस गरी विक्रि गरिएको उनको भनाई छ । श्रेष्ठले भने ,“मूल्य सुपथ हुन्छ । ग्राहकले वार्गेनीङनै गर्न नपर्नेगरी हामीले सेवा दिइरहेका छौ । हामी चिटिङ गर्दैनौँ । सिस्टममा चलेर गुणस्तरीय फर्निचरका सामान उपलब्ध गराउँछौँ । ” ४ जना जनाको साझेदारीमा करिव ७० लाखको लगानी गर्दै संचालनमा ल्याएको सोरुममा घर, कर्पोरेट अफिस,स्कुल तथा कलेज, होटल तथा लज, हस्पिटल लगायतका ठाउँमा आवश्यक पर्ने गुणस्तरीय फर्निचर पाइने उनको भनाई थियो।
उत्पादन कम्पनी समेत आफै गरिने भएकाले गार्डन र स्विमिङ पुललगायतका आउटडोरका लागि पनि आवश्यकता अनुसार फर्निचर उपलब्ध हुने उनको भनाई छ । अर्का सञ्चालक प्रसन्न श्रेष्ठका अनुसार शुभारम्भको अवसरमा एक साताका लागि सात प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त फर्निचरमा पाइने सामग्रीको १० वर्षसम्म वारेन्टी रहेको संचालकहरुको भनाई छ ।
अहिले पसलमा ५ हजारदेखि ३ लाखसम्म पर्ने सामग्री उपलब्ध छन्। आफूहरुको उत्पादन देखेर मानिसहरुले चाइनिज भन्ने गरेको तर यहीँको डिजाइनमा गुणस्तरीय फर्निचरहरु सतुङ्गगलमा रहेको उद्योगमा निर्माण हुने उनले बताए । पछिल्लो समय मानिसहरुले युरोपियन डिजाइनका थोरै तर धेरै काम दिने खालका फर्निचर खोज्ने गरेको भन्दै त्यो आवश्यकता मोडुलाजले पूरा गर्ने उनले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८