चैत २१,२०७८
चितवन – बालिकालाई जर्बजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत चितवनले ६९ वर्षीय पुरुषलाई १३ वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको छ ।
पीडित बालिकालाई पीडकबाट रु २ लाख क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत चितवनकी न्यायाधीश शकुन्तला कार्कीको इजालासले माडी नगरपालिका सितलपुरका ६९ वर्षीय इन्द्रप्रसाद अधिकारीलाई १२ वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।
अभियुक्त अधिकारीलाई जेष्ठ नागरिक भएको कारणले १८ वर्ष जेल सजायमा २५ प्रतिशत छुट गरि १३ वर्ष ६ महिना कैद सुनाएको जिल्ला अदालतको फैसलामा भनिएको छ।आफ्नो छिमेकीको १२ वर्षीया बालिकालाइ अभिभावक घाँस काट्न गएको बेलामा घरमा कोही नभएको मौका छोपेर २०७८ असार १० गते जर्बजस्ती करणी गरेको भन्दै पिडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।
जाहेरीपश्चात् चितवन प्रहरीले साउन १५ गते पक्राउ गरी जिल्ला अदालत चितवनमा नाबालिका करणीसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८