मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरूलाई मंगलबार दिउँसो सुरक्षित स्थानमा लगिएको हो। ‘मन्त्रीजीहरूलाई सुरक्षित स्थानमा सारेका छौं, काठमाडौं भ्यालीभित्रै सुरक्षित स्थानमा राखिएको छ,’ सुरक्षा निकाय उच्च स्रोतले सेतोपाटीसँग भन्यो। नेपाली सेनाको हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा...
काठमाडौंबाट हुने सम्पूर्ण उडान अहिले बन्द गरिएको छ । सबै विमान कम्पनीहरुको बैठकपछि अहिले सबै उडान बन्द गरिएको एक विमान कम्पनीका अधिकारीले जानकारी दिए ।
पत्रकार टीकाराम यात्रीको गाडी तोडफोड भएको छ । ललितपुरमा उनको गाडीमा तोडफोड भएको हो । सातदोबाटोबाट खुमलटार जाँदै गर्दा उनको गाडी रोकेर तोडफोड गरेका हुन् ।
विराटनगर । झापाको बिर्तामोडमा जेनजी पुस्ताका युवा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै आज बिहानैदेखि आन्दोलित भएका छन् । बिहानैदेखि बिर्तामोड–५ स्थित मुक्तिचोकमा करिब ३०० जना युवा भेला भई विरोध प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले सडकमा टायर जलाउनुका साथै...
प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्री भएकालाई पदबाट राजीनामा नदिन ह्विप जारी गरेका छन् । सोमबार भएको जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको र यसबारे सरकारले गम्भीर रूपमा अनुसन्धान गर्ने भन्दै एमालेबाट मन्त्री भएकाहरूलाई राजीनामा नबुझाउन भनिएको छ । मङ्गलबार खबरहबले...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । ललितपुरको खुमलटारमा रहेको उनको निवासमा ढुंगामुढा भएको हो । ललितपुरका एसपी चक्र जोशीले दिएको जानकारीअनुसार अहिले प्रचण्ड निवासमा ढुंगामुढा भएको जानकारीपछि प्रहरीको टोली परिचालन गरिएको छ ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा अधिकारीले बताए ।
कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा पत्रमा यस्तो अवस्थामा पदमा टाँसिइरहन नमिल्ने बताएका छन् । यस्तो छ उनले लेखेको राजीनामापत्र आदरणीय नेपाली जनसमुदायहरू, नमस्कार, जय नेपाल ! म रामनाथ अधिकारी धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर २...
विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले ‘भष्ट्राचारी सरकारको रवैया अस्वीकार्य’ भएको भन्दै बैठकले राजीनामा माग गरेको हो । प्रधानमन्त्रीले राजीनामा गरी युवाको माग सम्बोधन गर्न माग गरिएको उनले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८