जेष्ठ ८,२०७८
चितवन । आज एकै दिनमा ८८४८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ८३ हजार ६८४ रहेको छ । यो ७५।८ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ८९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।
देश भर १९३५७ को पिसिआर परिक्षण गर्दा ८५९१ र ७४८ जनाको एन्टिजेन परिक्षण गर्दा ३८९ जना गरि कुल ८८४८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १४१ र उपत्यका २४४७ जना रहेका छन्।
आज चितवनमा ६ सहित थप १२९ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६१५३ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८८६ छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८