• वैशाख १९, २०८१, बुधवार Wednesday, 01 May, 2024

दिनभरमा १४९० कोरोना भाइरसका बिरामी थपिए

  • खबरदाता

दिनभरमा १४९० कोरोना भाइरसका बिरामी थपिए

 

मंसिर १७,२०७७

भरतपुर । आज ८ हजार ३०० नमुनाको परिक्षण गर्दा १ हजार ४९० जना कोरोना संक्रमित थपिएका छन् ।

आज १ हजार ४९० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १६ हजार ५४७ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १० हजार ७४१ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार ८०६ जना रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज चितवनमा २० र काठमाण्डौं उपत्यकामा ७२३ जना संक्रमित थपिए। हाल देशभरमा ३६५ आईसियुमा छन् भने ६४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा १५६७ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २ लाख १८ हजार १६१ पुगेको छ। यो ९२।३ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा ९ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या १५३८ पुगेको छ।

  • प्रकाशित मिति : मंसिर १७, २०७७, बुधवार ११:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८