• कात्तिक २७, २०८३, शुक्रवार Friday, 13 November, 2026

एकैदिन १२ हजार ६०० रुपैयाँले घट्यो सुन

  • खबरदाता

एकैदिन १२ हजार ६०० रुपैयाँले घट्यो सुन

काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको छ । चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि गत कात्तिक २३ गते छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ र चाँदी तीन हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

चार दिनको अवधिमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको महासङ्घले जनाएको छ ।

  • प्रकाशित मिति : कात्तिक २७, २०८३, शुक्रवार १२:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८