• कात्तिक २७, २०८३, शुक्रवार Friday, 13 November, 2026

एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुरबीच प्रतिस्पर्धा

  • खबरदाता

एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुरबीच प्रतिस्पर्धा

नेपाल प्रिमियर लिग ९एनपीएलमा आज दुईवटा खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स र दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

५ खेल खेलेको काठमान्डु ४ मा जित र एकमा हारसहित अंक तालिकाको दोस्रो स्थानमा छ। ६ खेल खेलेको सुदूरपश्चिम ४ मा जित र दुईमा हार बेहोर्दै तेस्रो स्थानमा छ।

चितवन ५ खेलमा २ मा जित, २ मा हार र एकमा बराबरी अंकका साथ पाँचौ स्थानमा र ६ खेलमा ४ खेल हारेको जनकपुर अंक तालिकाको छैटौं स्थानमा छ।

  • प्रकाशित मिति : कात्तिक २७, २०८३, शुक्रवार ०७:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८