• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कोशी प्रदेशमा सरकारबाट एमाले बाहिरिने
  • खबरदाता

कात्तिक १७, २०८०   गठबन्धनबाट मन्त्री थपेपछि कोशी प्रदेश सरकारमा एमाले नबस्ने भएको छ। आज कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदलाई मन्त्री नियुक्त गरेपछि एमाले सरकारबाट बाहिरिन लागेको हो। भोलि औपचारिक निर्णय गरेर...

विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटले गरे मिलापत्र
  • खबरदाता

कात्तिक १७, २०८०   रामेछापको मन्‍थली विमानस्थलमा शुक्रबार बिहान कुटाकुट गरेका तारा एयरका दुई पाइलटबीच मित्रापत्र भएको छ। रामेछाप प्रहरीमै पुगेर उनीहरुले मिलापत्र गरेको डिएसपी होमबहादुर पराजुलीले बताए। उनीहरु दुईबीच शुक्रबार बिहान मन्थली विमानस्थलमा कुटाकुट भएको थियो। कुटाकुटपछि ती दुई...

भरतपुर भ्रमण वर्ष सफल पार्न देवघाटको सहकार्य
  • रासस

कात्तिक १७, २०८०   दमौली । भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्न तनहुँको देवघाट गाउँपालिकाले सहयोग गर्ने भएको छ । भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा सहयोग गर्न देवघाटलाई औपचारिक रुपमा आह्वान गरेको र देवघाटले पनि भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने...

नेपाल विश्वकपमा छनोट
  • खबरदाता

कात्तिक १७, २०८०   नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो । यूएईले...

 युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य
  • खबरदाता

कात्तिक १७, २०८०   आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ। मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन जोड्यो। युएईका लागि वृत्य अरिवन्दले अर्धशतक प्रहार गरे। अन्तिम ओभरको...

विमानस्थलमै झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
  • खबरदाता

कात्तिक १७, २०८०   रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ । प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । उनीहरुबारे थप अनुसन्धान हुने र...

भरतपुर महानगरमा छतको पानी व्यवस्थापन नगरे सेवा बन्द
  • रासस

कात्तिक १७, २०८०   चितवन । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा बसोबास गर्नेहरूले आफ्नो घरको छतबाट निस्कने पानीको व्यवस्थापन नगरे सेवा नपाउने भएका छन् । छतको पानी सिँधै सडकमा पुग्ने गरी फाल्दा बजारमा समस्या आएपछि कडाइ गरिएको हो ।...

मुख्यमन्त्री कोहलपुर गोल्डकपः गोर्खा ब्वाइज विजयी
  • खबरदाता

कात्तिक १७, २०८० जानकी । ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल विजयी भएको छ । गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ धनगढीलाई १–० गोलअन्तरले पराजित गरेको हो । खेलको सुरुआतमै मौका पाए पनि गोर्खा ब्वाइजले गोल...

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा
  • रासस

कात्तिक १७, २०८० काठमाडौँ । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८