• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कोशी प्रदेशमा सरकारबाट एमाले बाहिरिने

  • खबरदाता

कोशी प्रदेशमा सरकारबाट एमाले बाहिरिने

कात्तिक १७, २०८०

 

गठबन्धनबाट मन्त्री थपेपछि कोशी प्रदेश सरकारमा एमाले नबस्ने भएको छ।

आज कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदलाई मन्त्री नियुक्त गरेपछि एमाले सरकारबाट बाहिरिन लागेको हो।

भोलि औपचारिक निर्णय गरेर बाहिरिने सरकारमा सहभागि एमाले नेता रामबहादुर राना मगरले  बताए।

यसअघि नै एमालेले कांग्रेसबाहेक अन्य दललाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो।

मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका गणेशप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन्।

एमाले ३० र कांग्रेसमा ८ सांसदहरुको समर्थनमा केदार कार्की असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

  • प्रकाशित मिति : कात्तिक १७, २०८०, शुक्रवार २०:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८