बेलायतमा एकै दिन ७ लाखले लगाए भ्याक्सिन

  • खबरदाता
  • चैत ०८, २०७७

चैत्र ८,२०७७

बेलायतमा शनिवार एकै दिन सात लाख भन्दा बढीले कोरोनाको भ्याक्सिन लगाएका छन् । कुल ७ लाख ११  हजार १५६ जनाले एकै दिन खोप लगाए पछि यो कीर्तिमानको रूपमा रहेको छ । यसमा पहिलो र दोस्रो डोज लगाउने दुवै थरी समावेश छन् । २ करोड ६८ लाख ५३ हजार ४०७ जनाले पहिलो डोज भ्याक्सिन लगाइसकेका छन् । यो वयस्कको आधा भन्दा बढी सङ्ख्या हो । प्रधानमन्त्री बोरिस जोन्सनले पनि शुक्रवार पहिलो डोज भ्याक्सिन लगाए ।

बेलायतमा २१ लाख ३२ हजार ५५१ जनाले दोस्रो डोज पनि लगाइसकेका छन् । स्वास्थ्य सचिव म्याट हान्ककले बेलायतको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । अक्सफोर्डले भ्याक्सिन वितरणमा ढिलाइ गरेका गरेका ५० वर्ष भन्दा मुनीका सबैलाई भ्याक्सिन लगाइसक्न अप्रिलको अन्त्यसम्म कुर्नु पर्ने भएको छ ।

अप्रिलको मध्यसम्ममा कोरोनाको उच्च जोखिममा रहेका सबैलाई भ्याक्सिन लगाइ सक्ने बेलायतको लक्ष्य छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८