• वैशाख १५, २०८३, मंगलवार Tuesday, 28 April, 2026

११ देखि १५ मंसिरसम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

  • खबरदाता

११ देखि १५ मंसिरसम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय सयोजन समितिको बैठकले ११ देखि १५ मंसिरसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशन काठमाडौंमा आयोजना हुने नेकपाले जनाएको छ । केन्द्रीय महाधिवेशनअघि जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका वडा र जनवर्गीय संगठनहरूको समायोजन गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै, असार र साउनमा श्रम शिविर र सदस्यता नवीकरण गर्ने, १५ भदौसम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला, १५ कात्तिकमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

  • प्रकाशित मिति : वैशाख १४, २०८३, सोमवार १७:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८