• वैशाख १५, २०८३, मंगलवार Tuesday, 28 April, 2026

सुकुम्बासी बस्ती हटाउनेविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी

  • खबरदाता

सुकुम्बासी बस्ती हटाउनेविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी

खोला किनाराका सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ।

थापाथलीमा रहेका बासिन्दाहरुलाई कार्यलाई रोक्न माग गर्दै मदनप्रसाद रौनियार, गोपाल रन पहेलीलगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो।

सर्वोच्च प्रशासनका अनुसार रिट निवेदनमा अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि भएको छ। वैशाख ११ गते दायर भएको रिटमा सोमबार पहिलोपटक सुनुवाइ भएको हो।

तर सरकारले शनिबार र आइतबार बिदाको दिन पारेर थापाथलीसहित उपत्यकका मुख्यमुख्य खोला बस्तीका सुकुम्बासी वस्तीमा डोजर चलाएको छ।

  • प्रकाशित मिति : वैशाख १४, २०८३, सोमवार १७:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८