चैत्र ३,२०७७
विश्व स्वास्थ्य सङ्गठनले अक्सफोर्ड र अस्ट्राजेनेकाको भ्याक्सिन( खोप ) लाइ निरन्तरता दिन भनेको छ । युरोपेली देशहरूले यो भ्याक्सिनले रगत जम्ने समस्या देखिएको भन्दै वितरण बन्द गरे पछि विश्व स्वास्थ्य सङ्गठन ले यो समस्या र भ्याक्सिनका बिचमा कुनै समन्वय नभएको जनाएको छ ।
अहिले जर्मनी, स्पेन,फ्रान्स र इटालीले यो भ्याक्सिन दिने काम रोकेको छन् । विश्व स्वास्थ्य सङ्गठनको सुरक्षा विज्ञहरूको बैठक मङ्गलवार बस्ने छ भने युरोपेली मेडिकल एजेन्सी९इएमए०को बैठक पनि त्यसै दिन बस्ने छ ।
गत साता युरोपेली युनियन र बेलायतमा गरी १ करोड ७० लाख भन्दा बढी डोज यो भ्याक्सिन दिइएकोमा ४० भन्दा कममा रगतको समस्या देखिएको हो । यस कारण विज्ञहरूले यो समस्या भ्याक्सिनका कारण नभएको दाबी गरिरहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८