• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

भिटामिन ‘डी’ का बारे अझ धेरै अध्ययन आवश्यक

  • खवरदाता

भिटामिन ‘डी’ का बारे अझ धेरै अध्ययन आवश्यक

पौष–२, २०७७

कोरोना भाइरससँग भिटामिन ‘डी’ महत्त्वपूर्ण हुने चर्चा चली रहेको समयमा केही विज्ञको समूहले यसको यथेष्ट प्रमाण नभेटिएको बताएका छन् । इंग्ल्यान्डको नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एकसलेन्सले यो प्रमाणित हुनका लागि अझ लामो समयको अध्ययन आवश्यक हुने बताएको हो । परन्तु सोही विज्ञको समूहले यो जाडोमा हाड र मांसपेशी बलियो बनाउन सुझाव भने दिएका छन् । इंग्ल्यान्डमा अहिले पनि थुप्रै अशक्त समूहलाई सरकारले निःशुल्क भिटामिन ‘डी’ वितरण गरिरहेको छ ।

श्वासप्रश्वास सम्बन्धी समस्याका लागि भिटामिन ‘डी’ महत्त्वपूर्ण हुने सुरुवाती अध्ययनले नै देखाएको थियो । तथापि यो निष्कर्ष एकदमै छोटो समयमा निकालिएको हो । विज्ञहरूले कुनै पनि निष्कर्षमा पुग्ने अघि धेरै जनामा परीक्षण हुन आवश्यक हुने जनाएका छन् ।

चिसो मौसममा मानिसहरू धेरै घरभित्र रहने कारणले भिटामिन ‘डी’जन्य खाद्य पदार्थको आवश्यकता धेरैलाई हुने गरेको जानकारी गराईएको छ ।

  • प्रकाशित मिति : पुस २, २०७७, बिहीवार ११:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८