• साउन ११, २०८३, सोमवार Monday, 27 July, 2026

डा. केसी र सरकारी टोलीबीच भएको वार्ता निष्कर्षविहीन

  • खबरदाता

डा. केसी र सरकारी टोलीबीच भएको वार्ता निष्कर्षविहीन

काठमाडौं । धनगढीमा अनशनरत डा। गोविन्द केसी र सरकारी टोलीबीच आइतबार दिनभर भएको वार्ता निष्कर्षविहीन भएको छ ।

डा। केसीले अघि सारेका विभिन्न मागका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेपछि वार्ता निष्कर्षविहीन भएको हो ।

वार्ता आज बिहान १० बजे पुनः बस्ने डा. केसीका सहयोगी डा। अमृत जैसीले जानकारी दिए ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा धनगढी पुगेको सरकारी वार्ता टोलीले आइतबार बिहानदेखि वार्ता सुरु गरेको थियो ।

डा। केसीले गेटा मेडिकल विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिनुपर्ने, चिकित्सा शिक्षाको छात्रवृत्ति कोटा बढाउनुपर्नेलगायत माग राखेर बिहीबारदेखि धनगढीमा अनशनमा बसेका छन् ।

  • प्रकाशित मिति : साउन ११, २०८३, सोमवार ०५:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८