• साउन १२, २०८३, मंगलवार Tuesday, 28 July, 2026

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम

  • रासस

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम

जल तथा मौसम विज्ञान विभागले मकवानपुर जिल्लाको जुरेली बजार आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले लाल बकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ । विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन आग्रह गरेको छ ।

यस्तै लम्जुङको घरेडुङ र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको तथा थप वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ । ससाना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र बाढी र पहिरोको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।

  • प्रकाशित मिति : साउन ११, २०८३, सोमवार ०५:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८