• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आज १०६४ जना कोरोनाका बिरामी निको भए

  • खबरदाता

आज १०६४ जना कोरोनाका बिरामी निको भए

 

मंसिर २५,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज १ हजार ६४ जनाले कोरोना जितेका छन। हालसम्म कोरोना जित्नेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ। यो ९४।२ प्रतिसत हुन आउँछ।

पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ७ हजार २३२ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ।

आज चितवनमा २२ र काठमाडौं उपत्यकामा ४०४ जना संक्रमित थपिए।

आज थप १२ जनाले ज्यान गुमाउँदा कुल संख्या १६६३ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर १२ हजार ३८६ जना सक्रमित संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ५१५ छ। हाल देशका विभिन्न अस्पतालका आइसियुमा ३०९ र भेन्टिलेटरमा ५७ जनाको उपचार भइरहेको छ।

  • प्रकाशित मिति : मंसिर २५, २०७७, बिहीवार १०:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८