मंसिर १८,२०७७
भरतपुर । आज ९ हजार २८९ नमुनाको परिक्षण गर्दा १ हजार ३४३ जना कोरोना संक्रमित थपिएका छन् ।
आज १ हजार ३४३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १५ हजार ७६६ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १० हजार २७१ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार ४९५ जना रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज चितवनमा ३८ र काठमाण्डौं उपत्यकामा ५६१ जना संक्रमित थपिए। हाल देशभरमा ३८८ आईसियुमा छन् भने ६५ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा २१११ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २ लाख २० हजार २७२ पुगेको छ। यो ९२.७ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा देशभरमा १३ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या १५५१ पुगेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८