• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

आज २८१२ निको हुँदा २१ जनाले ज्यान गुमाए

  • खबरदाता

आज २८१२ निको हुँदा २१ जनाले ज्यान गुमाए

 

कार्तिक–२३, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ३११ नमुनाको परिक्षण गर्दा २ हजार ८१७ जना कोरोना संक्रमित थपिएका छन् ।

आज २ हजार ८१७ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ९४ हजार ४४५३ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३५ हजार ४१९ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २९ हजार १९७ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा ७२, काठमाण्डौं उपत्यकामा १५३३ जना
रहेका छन् । हाल देशभरमा ३९८ आईसियुमा छन् भने ८२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा २८१२ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । यो ८१ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १७ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ११०८ पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक २३, २०७७, आइतवार ११:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८