• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

आज थपिए ४४९९, निको भए २६६८ जना

  • खवरदाता

आज थपिए ४४९९, निको भए २६६८ जना

कार्तिक–७, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १६ हजार ८६३ नमुनाको परिक्षण गर्दा ४ हजार ४९९ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ४ हजार ४९९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ४६ हजार ६९१ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ३१ हजार ७२७ रहेको छ भने संस्थागत आइसोलेसनमा १४ हजार ९६४ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा १२०, काठमाण्डौं उपत्यकामा २७२० रहेका छन् । हाल देशभरमा २९० आईसियुमा छन् भने ६९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा २६६८ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । यो ६८.९ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १७ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ८२९ पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक ७, २०७७, शुक्रवार ११:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८