कार्तिक–७, २०७७
चितवन । चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा भरतपुर ७ बस्ने ५७ वर्षीय पुरुषको गएराती मृत्यु भएको छ । गत असोज २६ गते कोरोना संक्रमण पुष्टी भएका उनि होम आइसोलेशनमा बस्दै आएका थिए ।
स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि ज्वोरो, खोकी र श्वासप्रश्वासको समस्या सहित विहिवार राति १० बजे भरतपुर अस्पतालको कोभिड आइसियुमा भर्ना गरिएको थियो । भर्ना गरिएको १५ मिनेटमै अर्थात राती १०ः१५ बजे कडा निमोनियका कारण ज्यान गएको अस्पताललको भनाई छ ।
त्यस्तै चितवन मेडिकल कलेजमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नं. ५ निवासी ८४ बर्षिय महिलाको शुक्रवार विहान ४ः१९ बजे मृत्यु भएको छ । कार्तिक ५ गते स्वासप्रश्वास र उच्च ज्वरोको समस्या सहित अस्पताल भर्ना भउकी उनमा ६ गते कोरोना पुष्टि भएको थियो ।
उच्च रक्तचाप,बाथ रोग र निमोनियाको समेत समस्या रहेका उनलाई सघन उपचार कक्षमा उपचार गरिएको थियो । यस्तै चितवन मेडिकल कलेजमै उपचाररत भरतपुर ७ निवासी ७० बर्षिय पुरुषको आज विहान ८ः४४ बजे मृत्यु भएको छ । चितवन मेडिकल कलेजका अनुसार कार्तिक २ गते स्वासप्रश्वास र मृगौलाको समस्या भई अस्पतालमा भर्ना भएका उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो । मृगौला र उच्च रक्तचापको समेत विरामी रहेका उनलाई सघन कक्षमा राखेर उपचार गरिएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८