राजस्थानलाई हराउँदै दिल्ली उक्लियो शिर्ष स्थानमा

  • खवरदाता
  • असोज २९, २०७७

आश्विन–२९, २०७७

एन्रीच नोत्र्जे र कासिगो रवाडाले डेथ ओभरमा उत्कृष्ट बलिङ गरे पछि दिल्ली क्यापिटलले आइपिएलको बुधवार भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले हराउन सफल भयो ।

जित पछि दिल्ली ८ खेलमा १२ अङ्क सहित तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दिल्लीले छाडेको १५२ रनको लक्ष्य पछ्याएको राजस्थान ८ विकेट गुमाउँदै १४८ रनमा सीमित भयो ।

म्यान अफ द म्याच समेत घोषित नोत्र्जेले विस्फोटक देखिएको जोस बटलरलाई २२ रनमा तथा रोविन उथप्पालाई ३२ रनमा बोल्ड गरे । उनले ४ ओभरमा ३३ रन खर्चिँदै दुई विकेट लिए ।

प्रारम्भिक ब्याट्सम्यानको रूपमा रहेका बेन स्टोक्सले ३५ बलमा ४१ रन जोडे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ७ विकेटको क्षतीमा १६१ रनको योगफल तयार गरेको थियो । दिल्लीका शिखर धवनले ५७ तथा श्रेयार ऐयारले ५३ रन जोडे ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८