• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

मुम्बई शीर्ष स्थानमा

  • खवरदाता

मुम्बई शीर्ष स्थानमा

आश्विन–२१, २०७७

मुम्बई इन्डियन्सले इन्डियन प्रीमीयर लिग (आइपिएल)मा अर्को फराकिलो जित हात पारेको छ ।

मङ्गलवार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनले हरायो । १९४ रनको लक्ष्य पाएको राजस्थान ११ बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १३६ रनमा सीमित भयो । जोस बटलरले ७० रन जोड्नु बाहेक राजस्थानका शीर्ष क्रमका ब्याट्सम्यान दोहोरो अङ्क छुन समेत असफल रहे । जोफ्रा आर्चरले २४ रन जोडे । जस प्रीत बुमराहले ४ ओभरमा २० रन खर्चिँदै चार विकेट लिए ।

पहिले ब्याटिङ गरेको मुम्बईले सूर्य कुमार यादवको ७९ रनको योगदानमा चार विकेटको क्षतीमा १९३ रनको योगफल खडा गर्न सफल भयो । यादवको आइपिएलमा यो सबैभन्दा धेरै रन हो ।

क्वीन्टन डी ककले २३, रोहित शर्माले २५ तथा हार्दिक पाण्डेले १९ बलमा ३० रन जोडे । यादव खेलका म्यान अफ द म्याच घोषित भए । जितपछि दिल्ली ८ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । लगातार तेस्रो हारको सामना गरेको राजस्थान २ अङ्क सहित सातौँ स्थानमा छ ।

  • प्रकाशित मिति : असोज २१, २०७७, बुधवार ०२:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८