• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

क्यान्सर अस्पतालका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

  • खवरदाता

क्यान्सर अस्पतालका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन–१८ , २०७७

भरतपुर स्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रवार गरिएको परिक्षणमा चितवनका ११ सहित १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
प्रयोगशालाका अनुसार भरतपुरका ५ महिला र ५ पुरुष गरि १० जना, राप्तीका १ पुरुष ,बर्दियाका १ पुरुष १ महिला, बाँकेका १ महिला ,कैलालीका १ पुरुष र झापाका १ पुरुष गरि जम्मा १६ जना संक्रमित भएका हुन।

संक्रमितहरु १९ देखि ३० बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

क्यान्सर अस्पतालको स्वाव संकलन केन्द्रबाट लिएका १६० नमुनाको परिक्षण गर्दा १४४ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

  • प्रकाशित मिति : असोज १८, २०७७, आइतवार ०५:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८