आज २०८३ साल वैशाख ४ गते शुक्रबार । वैशाख कृष्ण पक्षको औंसी तिथि। आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । तदनुसार सन् २०२६ अप्रिल १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। -ज्योतिष पण्डित सूर्यनाथ लुइटेल
मेष – दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ । राज्यको तर्फबाट सामाजिक सेवा गर्ने अवसर मिल्नेछ । शिक्षामा मिहिनेतको खाँचो देखिन्छ । साथीले कुरा काट्ने भएकाले सचेत भएर काम गर्नुपर्नेछ ।
वृष – मन शान्त बन्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । घर व्यवहार गर्दा सचेत बन्नुपर्ने छ ।
मिथुन – बोल्दा विवेक प्रयोग गर्नुपर्नेछ । सहकार्यबाट लगानी गरेमा फाइदा हुनेछ । दाजुभाइसँग सहकार्य भए हरेक क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ ।
कर्कट – परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । कुरा काट्नेहरु बढ्ने भएकाले बोल्दा ख्याल गर्नुपर्नेछ । पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
सिंह – आम्दानीका दृष्टिले दिन राम्रो छ । लगानी गरेको भए फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । सरस्वतीको स्मरण मात्र गरेमा प्रगति हुनेछ । परिवारको सल्लाहमा अगाडि बढ्दा फाइदा हुनेछ ।
कन्या – धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । कृषि क्षेत्रको व्यापारबाट फाइदा हुनेछ । राज्यका तर्फबाट भयको जोखिम छ । स्वास्थ्यले साथ दिने योग छ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
तुला – शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । कुरा भन्दा काम बढी गरेर देखाउनुपर्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
वृश्चिक – पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ । घर व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ ।
धनु – बोली र व्यवहारमा एकरुपता भएमा आजको काम दीर्घकालीन बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
मकर – मनमा खटपटी बढ्नेछ । शिक्षामा गरेको प्रयास ढिला भए पनि सफल बन्नेछ । ठुलो लगानी आफैं गर्दा घाटा हुने भएकाले सहकर्मी वा परिवारको सदस्यको साथ लिएमा फाइदा हुनेछ ।
कुम्भ – शिक्षामा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
मीन – खर्च बढ्नेछ । खर्च कटौती गर्नुपर्ने समय छ । अनुत्पादक क्षेत्रमा गरेको लगानीबाट घाटा हुनेछ । शनि दशालाई शान्त बनाउन बिहान उठेर गणेशलाई दूबो चढाउनु राम्रो हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८