• माघ ८, २०८१, मंगलवार Tuesday, 21 January, 2025

आज १५७३ जना संक्रमित थपिए, निको हुने ५३ हजार नाघे

  • संबाददाता

आज १५७३ जना संक्रमित थपिए, निको हुने ५३ हजार नाघे

आश्विन–११,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार १२३ नमुनाको परिक्षण गर्दा १ हजार ५७३ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ५२४ महिला र १०४९ पुरुष गरि १५७३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १९ हजार १९ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १० हजार ६९८ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ३२१ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८८५ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ५३ हजार ८९८ पुगेको छ । यो ७३.४ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १ महिला र ९ पुरुषगरि १० जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ४७७ पुग्यो ।

  • प्रकाशित मिति : असोज ११, २०७७, आइतवार १०:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८