आश्विन–४,२०७७
चितवन । विश्व्यापी महामारी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारणले हालसम्म विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३ सय ७४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितहुनेको संख्या ३ करोड ९ लाख ८१ हजार ८ सय ३० पुगेको हो ।
विश्वभरमा एकै दिन थप ५ हजार १ सय ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९ लाख ६१ हजार ३ सय ३३ पुगेको हो । एकै दिन २ लाख ४१ हजार १२१ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका आइतबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड २५ लाख ८२ हजार २ सय ५ पुगेको छ ।
नेपालमापनि कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या हत्तै बढेको छ । पछिल्लो तंथ्यांक हेर्दा नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६२ हजार ७९७ पुगेको छ । जसमध्ये ४५ हजार २६७ निको भएका छन् भने ४०१ जनाको मृत्यु भएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८