[ फाेटाे : काठमाडौँ, २२ वैशाख : सर्वोच्च भवन सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको सर्वोच्च अदालतको भवन । तस्बिर : रत्न श्रेष्ठ/रासस ]
काठमाडौँ – सर्वोच्च अदालतको फुलकोर्ट बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका माननीय न्यायधीशहरुको नाम जोडेर विभिन्न छापा तथा अनलाइन समाचार एवम् सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचार प्रति पूर्ण बैठकको गम्भीर ध्यानाकर्षण भएको बताउँदै ५ वटा निर्णय गरेको हो।
यी हुन् निर्णयहरू
१. संविधान र कानूनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबद्दता हो। यसमा हामी अडिग र स्पष्ट छौ। संविधानको सर्वोच्चता र कानूनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौं।
२. सार्वजनिक रुपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष एवम स्वतन्त्र ढंगवाट संविधान र कानून वमोजिम छानवीन गरी सत्य, तथ्य सहितको निश्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गर्दछौं।
३. सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भइरहेका समाचारका सम्बन्धमा संविधान र कानून बमोजिम हुने छानवीन र अनुसन्धानमा कानून बमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहीता एवम् सहयोग गर्ने कुरामा हामी प्रतिवद्ध छौं।
४. न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकोले यस संस्थासँग सम्वन्धित समाचारहरु प्रकाशन गर्दा यसले आम जनता एवम सेवाग्राहीहरुमा भ्रम र नकरात्मक असर नपरोस भनी छानबीनको निष्कर्ष प्राप्त नहुदै कसैलाइ लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनैपनि समाचार प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबैमा आग्रह गर्दछौं।
५. प्रकाशित र प्रसारित समाचारबाट विचलित नभई सदा झै न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतहरुमा कार्यरत सम्पूर्ण न्यायकर्मीहरुलाई आग्रह गर्दछौ। ” भनी मिति २०८३र०७र१६ गते बसेको पूर्ण बैठकवाट भएको निर्णयको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८