आश्विन -२,२०७७
चितवन / चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
किड्नीको समस्या भएका सर्लाही हरिपुरका ५५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । भाद्र १८ स्वास प्रस्वासमा समस्या भइ अस्पताल भर्ना भएका उनमा १८ गतेनै कोरोना संक्रमण पुष्टि भएका थियो ।
स्वास्थ्यमा समस्या आएपछी अस्पतालको कोभिड आइसियुमा राखेर उपचार गरिएका उनको नियमित डायलसिस पनि हुँदै आएको थियो । उपचारकै क्रममा शुक्रवार बिहान १० बजे उनको मृत्यु भएको हो ।
एनिमिया र कोभिड -१९ संक्रमणका कारणले उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८