• असोज २२, २०८१, मंगलवार Tuesday, 08 October, 2024

चितवनमा थप एकसाता निषेधाज्ञा, होटल खोल्न नपाईने, निजी सवारी साधनमा जोर विजोर प्रणाली

  • संबाददाता

चितवनमा थप एकसाता निषेधाज्ञा, होटल खोल्न नपाईने, निजी सवारी साधनमा जोर विजोर प्रणाली

भाद्र–३१, २०७७

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले पुन एक साता निषेधाज्ञा थप गरेको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर लागुहुनेगरि असोज १ गतेदेखि ७ गते राती १२ वजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

प्रशासनले निषेधाज्ञालाई केहि खुकुलो पार्दै थप सेवाहरु संचालन गर्ने अनुमती दिएको छ । अत्यावस्यक सामाग्री तरकारी, खाद्यान्न तथा फलफुलका पसलहरु विहान ६ वजेदेखि साँझ ५ वजे सम्म संचालन गर्न पाईने भएको छ । अन्य पसलहरुको हकमा भने विहान १० वजेदेखि साँझ ५ वजे सम्मको समय सिमा तोकिएको छ ।

जिल्लामा संचालित होटलहरुले पहिलाको सोसरह टेक अवे सेवा मात्र संचालन गर्न पाउने भएका छन् । राजमार्गमा भएका होटललाई बेलुकी १० वजे सम्म र अन्य स्थानकालाई बेलुकी ८ बजे सम्ममात्र संचालन गर्न अनुमती दिएको छ । तर पर्यटक राख्ने अनुमती प्राप्त होटलको हकमा भने पर्यटन विभागबाट स्विकृती प्राप्तगरि जुनसुकै समयमापनि संचालन गर्न पाईने छ ।

यात्रु वाहक सवारी साधनको हकमा अटो रिक्सामा २ जना, म्याजिकमा ५ जना र अन्य सवारी साधनमा क्षमताको आधामात्र यात्रु बोक्न पाईने व्यवस्था गरिएको छ । तर त्यसका लागि सरकारले तोकेको मापदण्ड पुरा गर्नुपर्नेछ । निजी सवारी साधनको हकमा चितवन जिल्ला भरका लागि जोर विजोर प्रणाली अन्तर्गत सञ्चालन गर्न पाईने छ ।

विवाह, बतबन्ध, मेला महोत्सव, सभा जुलुस जस्ता भिडभाडहुने कार्यगर्न निषेध गरिएको छ । साथै सिनेमा हल, जिमखाना, हाटवजार, व्युटिपार्लर, सैलुन अर्को आदेश नहुनजेल सम्मको लागि संचालन नगर्न समेत भनिएको छ ।

  • प्रकाशित मिति : भदौ ३१, २०७७, बुधवार १३:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८