• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री


योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री

भाद्र–३१,२०७७

चितवन । योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री चयन हुनुभएको छ । गत् साता सत्तारुढ दलको नेतृत्वमा विजयी हुनुभएका सुगालाई जापानको संसदले आज प्रधानमन्त्री निर्वाचित गरेको छ । प्रधानमन्त्री सिन्जो आबेले दुई साता अघि पदबाट राजिनामा गर्नुभएपछि उहाँको उत्तराधिकारीको रुपमा सुगा सत्तारुढ दलको तर्फबाट बाँकी रहेको कार्यकाल पुरा गर्नुहुनेछ । बुधबार साँझ आफ्नो अन्तिम मन्त्रीपरिषद्को बैठक बसेपछि प्रतिक्रियामा आठ वर्षे कार्यकाल निकै उपलब्धीमूलक भएको र आफू गर्विलो अनुभूति गरेको बताउनुभएको थियो ।

जापानको तल्लो सदनमा सत्तारुढ दल कन्जरभेटिभ लिबेरल डेमोक्रयाटिक पार्टीको बहुमत छ ।  इम्पेरियल पैलेसमा आयोजना हुने एक समारोहका बीच सुगाले सवैंधानिक रुपमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुहुनेछ ।

  • प्रकाशित मिति : भदौ ३१, २०७७, बुधवार ०७:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८